बंगलादेशमा डेंगी महामारी, मृत्यु हुनेको संख्या १७६
नुवाकोट ।बंगलादेशमा डेंगी संक्रमणले महामारीको रुप लिँदा मृत्यु हुनेको संख्या १ सय ७६ पुगिसकेको छ ।
तीमध्ये १४ वर्षमुनिका बालबालिकाको संख्या ३१ छ । यो वर्ष सुरु भएयता पछिल्लो जुलाइको २३ दिन दिनको अन्तरालमा ११५ जनाको मृत्यु भएको छ ।
जवकि अघिल्लो वर्ष सोही अवधिमा मृत्यु हुनेको संख्या २९ थियो । पछिल्लो बुधबार भने एकै दिन मृत्यु हुनेको संख्या १९ थियो । जुन यस वर्षकै उच्च मृत्युदर भएको रेकर्ड गरिएको छ ।
बंगलादेश सरकारले आधिकारिक रुपमा घोषणा नगरे पनि दक्षिण एसियाली स्वास्थ्य विज्ञहरूले त्यहाँ डेंगीले महामारीको रुप लिएको बताएका छन् । यही वर्ष मात्रै झण्डै ३३ हजार डेंगीका बिरामीहरू अस्पताल भर्ना भएका छन् ।
बंगलादेशमा यसअघिका वर्षहरूमा अगस्ट र सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगीका बिरामी अस्पताल भर्ना हुने गरेको तथ्यांक छ । पछिल्लो अवस्थाबारे पनि विज्ञहरूले चिन्ता व्यक्त गर्दै डेंगीले अझै जोखिम निम्त्याउनसक्ने भन्दै सचेत गराएका छन् ।
यसैबीच स्वास्थ्यविदहरूले संक्रमणलाई नियन्त्रणमा लिन सरकारले महामारी घोषणा गर्नुपर्ने र रोकथामका लागि तत्कालै कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै वरिष्ठ चिकित्सकहरूसहित बंगलादेश मेडिकल एसोसिएसनले देशमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्दै नयाँ कदम चाल्नका लागि सरकारलाई सुझाव दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया