दुई वर्षदेखि थलिएका नुवाकोटको तारकेश्वरका सन्तोषको उपचार हुने
नुवाकोट । गम्भीर स्वास्थ्य समस्या भए पछि आर्थिक अभावको कारण विगत दुई वर्षदेखि उपचार नपाएर घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका–३ चन्दनीका ३१ वर्षीय सन्तोष परियारले अब उपचार पाउने भएका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रीयसचिव तथा अर्थपथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा फेसबुकमार्फत थालिएको आर्थिक सहयोग संकलन अभियानबाट चार दिनमै एक लाख ९७ हजार ८ सय २० रुपैयाँ जम्मा भएको छ ।
संकलित सहयोग रकम मंगलबार पत्रकार तारुकेसहितको उपस्थितिमा परियारको परिवारलाई हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष रमेशबहादुर वस्ती, वडा नं. २ का वडाध्यक्ष शिव पनेरु र वडा नं. ६ का नारायण रिमाल, तारुकेसहितको टोलीले घरमै पुगेर सन्तोषकी श्रीमती रितु नेपालीलाई सहयोग हस्तान्तरण गरे ।
‘पैसाकै अभावले अब सन्तोषको उपचार रोकिने अवस्था छैन,’ तारुकेले भने, ‘उनलाई बचाउन हामीले थालेको अभियानमा सामाजीक सञ्जालबाटै सबैलाई आह्वहान ग¥यौँ । मानवीय सहायताको कार्यमा जोडिन आउनुभएका सबै सहयोगी मनबाट गरिबीकै कारण उपचार अभावमा थलिन पुगेका बिरामीको उपचार पनि सम्भव हुन्छ भन्ने अवस्था बनेको छ ।’
यसअभियानमा पत्रकार तारुकेसहित भारतमा रहेका सोही गाउँका दीपक ढकाल, दिनेश परियारसहित धेरै व्यक्तिले सहयोगका लागि पहलकदमी दिएका थिए भने सामाजिक सञ्जालबाटै गरिएको अनुरोधमा करिब एकसय जना सहयोगीहरुले प्रभु बैंक रातमाटे शाखामा रहेको सन्तोषको श्रीमतीको खातामा रकम जम्मा गरिदिएका थिए ।
दुई वर्षअघि वैदेशीक रोजगारीबाट घर फर्किएपछि अकस्मात् बिरामी भएका सन्तोषको एउटा खुट्टा नचल्ने र एउटा आँखा बन्द हुनपुग्यो । परिवारका सदस्यका अनुसार उपचारका लागि राजधानी काठमान्डौंस्थित शिक्षण अस्पताल पुगेका उनलाई सुरुमै एकलाख रुपैयाँ जम्मा गर्नुपर्ने भनिएको थियो तर, आर्थिक अभावका कारण त्यति ठूलो रकम जम्मा गर्न नसकेपछि उपचार नै सुरु नगरी अस्पतालबाट निस्कनुपर्ने बाध्यता बन्यो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया