शनिबारबाट देशभर गिटी र बालुवाको उत्पादन र बिक्री बन्द
नुवाकोट । भोलि असार १६ गतेबाट देशभर ढुंगा, रोडा, गिटी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले भोलीबाट ढुंगा तथा गिटी बालुवाको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो ।
क्रसर नविकरणमा देखिएको समस्याको स्थायी समाधानको माग गर्दै असार १५ सम्मको अल्टिमेटम दिएपनि गृह मन्त्रालयले आफूहरुको माग सम्बोधन नगरेका कारण असार १६ गतेबाट उद्योग नै बन्द गर्ने घोषणा गरिएको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष सिताराम न्यौपानेले यसअघि आफूहरुले असार १५ गते सम्मको समय दिएको तर, यस अवधिमा सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधन नगरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको बताए ।
‘हामीले क्रसर नवीकरणको माग गर्दै आयौँ, मापदण्ड आउनु भन्दा अगाडी नै सञ्चालनमा आइसकेका उद्योगहरुको हकमा व्यवस्थापन खोज्यौँ, नवीकरणमा भइरहेको किचलो र प्रशासनले मनलाग्दी रुपमा गरिरहेको ज्यादती सुनायौँ, तर हाम्रा माग सम्बोधन भएनन्’ अध्यक्ष न्यौपानेले भने, ‘त्यहीँ भएर भोलिबाट क्रसरबाट उत्पादन हुने निर्माण सामाग्रीको उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेका छौँ, कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनका लागि लागि लाइसेन्स लिएका क्रसर उद्योगहरुकै नवीकरण नहुने भन्ने कुरा स्वीकार्य हुँदैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया