पाकिस्तानविरुद्ध नेपालको झिनो अन्तरको जित
नुवाकोट । आशिष चौधरीले दोस्रो हाफमा गरेको गोलमा नेपालले साफ च्याम्पियनसिप २०२३ मंगलबार पाकिस्तानलाई १–० ले हराएको छ ।
खेल निराशाजनक बराबरीमा अग्रसर भइरहेको बेला आशिषले ८०औं मिनेटमा गोल गरेका हुन् । लाकेन लिम्बूले यो गोलका लागि अवसर सिर्जना गरे । आशिषले पेनाल्टी एरियाको ठीक बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरे ।
यो नेपालका लागि उनको पहिलो गोल हो । जितका बाबजुद कान्तिरभा रंगशालामा भएको समूह ‘ए’ को खेलमा नेपालको प्रदर्शन सबै क्षेत्रमा कमजोर रह्यो ।
यो नतिजापछि नेपालको तीन अंक भएको छ भने पाकिस्तान शून्य अंकमा रह्यो । पाकिस्तानको यो लगातार १२औं हार हो । पाकिस्तान पछिल्लो पाँच वर्षयता लगातार पराजित रहेको छ ।
प्रतियोगितामा भने आफ्नो अन्तिम खेल अगाडि नै नेपाल र पाकिस्तान दुवै सेमिफाइनल पुग्ने सम्भावनाबाट वञ्चित भइसकेका थिए । त्यसैले यो प्रतिष्ठाको लडाइँ मात्र रहेको थियो । आशिषको गोल अगाडि नेपालले केही अवसर सिर्जना गरे पनि त्यो निर्णायक सावित हुने सकेन । विमल घर्ती मगरले ४१औं मिनेटमा गरेको प्रहार पाकिस्तानी गोलरक्षक युसुफ बटले रोके ।
यस्तै नवयुग श्रेष्ठले ५१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेडले पोस्टका दिशा लिन सकेन । नेपालको सबैभन्दा राम्रो मौका भने देवेन्द्र तामाङले बनाए ।
उनले ६८औं मिनेटमा गरेको फ्रि–किक प्रहार पोस्टमा लागेर फर्केको थियो । यस्तै एरिक विष्टले ७२औं मिनेटमा गरेको अर्को फ्रि–किक पोस्टमा लागेर बाहिरिएको थियो । पाकिस्तानले भने पूरा खेल अवधिमा कुनै उल्लेखनीय आक्रमण बुन्न सकेन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया