नुवाकोटमा बच्चा जन्मिए वडा कार्यालयले पाँच हजार दिने

विदुर खबर २०८० असार ४ गते १६:३७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र बच्चा जन्मिए ५ हजार रुपैया दिने भएको छ ।

Advertisement

वडाध्यक्ष लिलानाथ न्यौपानेका अनुसार आगामी आर्थिक वर्ष २०८०÷८१ देखि वडाभित्र बच्चा जन्मिए वडाले ५ हजार रुपैया दिने छ । वडाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने बालबालिकाहरुलाई ५ हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले ५ हजार रुपैयाँ थप गरेर १० हजार रुपैयाँ बैंकमा खाता खोली राखिने वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

जम्मा भएको रकम १५ वर्ष झिक्न नपाउने गरि बालबालिका कोष स्थापना गरिने वडाध्यक्ष न्यौपानेले विदुर खबरलाई जानकारी दिए । उनले वडाले जम्मा गरेको रकममा पाँच हजार रुपैयाँ थप गर्न नसक्ने अति सीमान्तकृत वर्गका अभिभावकहरुले वडा कार्यालयमा सम्र्पक राखेमा वडाले सबै रकम जम्मा गरिदिने समेत बताए ।

Advertisement

वडाध्यक्ष न्यौपानेले बालबालिकाको जन्म दर्ता गर्न प्रोत्साहन गर्न र बाबालिकाको समग्र विकासको लागि बालबालिकासँग वडाध्यक्ष कार्यक्रम समेत संचालन गरिने बताए ।

                                        विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने ।

वडा कार्यालयको विविध खर्चबाट खर्च गर्ने गरि आगामी असार १० गते हुने नगर परिषदबाट पारित भएपछि यो कार्यक्रम लागु हुने वडाध्यक्ष न्यौपानेले बताए । उनले वडामा प्रत्यके वर्ष ८० देखि ९० जना बालबालिका जन्मने गरेको भन्दै यो कार्यक्रमको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको बताए ।

Advertisement

यो कार्यक्रम सफल भएमा अर्काे आर्थिक वर्ष २०८१÷८२ मा मृत्य भएका परिवारलाई ५ हजार रुपैयाँ किरिया खर्च दिने योजना वडाध्यक्ष न्यौपानेको छ ।

उनले वडा कार्यालय बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य प्रति निकै संवेदनशील रहेको भन्दै वडाले चिया खाने पैसा कटाएर बालबालिका र जेष्ठ नागरिकको हितमा खर्च गर्ने बताए ।

प्रतिक्रिया