कागज देखाएर कृषि अनुदान लिने दिन गए : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले विगतमा कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानले नपाएको बताएका छन् ।
बिहीबार अर्थमन्त्रालयमा किसानहरुसँगको भेटघाटमा महतले अब उत्पादनमा आधारित भएर मात्रै अनुदान दिइने बताए ।‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौं अनुदानको सदुपयोग भएन, दुरुपयोग भयो’ उनले भने ‘कागज देखाएर मात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो ।’ कृषिकलाई एक तहको संरक्षण दिनुपर्ने मान्यताका साथ २०८० को आर्थिक विधेयक प्रस्तुत गरिएको उनको भनाइ छ ।
स्वदेशमै उत्पादन बढाउन र स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि आलु, प्याजमा कर लगाएको उनले बताए । आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन तथा सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको महतको भनाइ छ । ‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ, स्थानीय उत्पादनलाई महँगो बनाउँदैन’ उनले भने ‘आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔं, त्यसले रोजगारी पनि सिर्जना हुन्छ ।
उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौं भनेर प्रस्ताव गरिएको हो ।’ तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया