बुधवार सेयर बजारमा सामान्य बढोत्तरी
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/05/share_Market_bull.jpg)
नुवाकोट । बुधवार सेयर बजारमा सामान्य बढोत्तरी भएको छ ।
साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ ।
१ जेठ सोमबारको ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताकै न्यून विन्दु १८०७.५३ अंकको विन्दुमा झरेर सोही दिन १८१८.३१ अंकमा बन्द भएको नेप्से त्यसपछिको ७ कारोबार दिनमा लगातार वृद्धि हुँदा १४०.८१ अंकले वृद्धि भएको छ । बुधबार नेप्सेमा वित्त कम्पनी, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकमा गिरावट हुँदा अन्य उपसूचकहरु भने बढेका छन् ।
हाइड्रोपावर उपसूचक ०.३१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.२१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी सर्वाधिक ०.४५ प्रतिशतले गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा वृद्धि भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ । मंगलबार १४ फागुन २०७९ यताकै उच्च २ अर्ब २० करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकममा केही संकुचित भएको हो ।
बुधबार ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोत्रप किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै करिब १४ करोड ६५ लाखको कारोबार हुँदा नेशनल लाइफको करिब ७ करोड ७५ लाख र हिमालयन डिस्टलरीको ५ करोड ८१ लाखको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ९.९६ प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ६.७६ प्रतिशतले वृद्धि भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया