रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोलीद्वारा फिल्ड सर्भेको काम सुरु
नुवाकोट । काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोलीले फिल्ड सर्भेको काम सुरु गरेको छ ।
चीनबाट आएको टोलीले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरेपछि फिल्ड सर्भेको काम सुरु गरेको हो । अहिले चीनियाँ प्राविधिक टोलीले रसुवागढी स्याफ्रुबेसी हुँदै धुन्चे र काडमाडौं त्रिशुली बेत्रावती हुँदै धुन्चे गरी दुईतिरबाट सर्भे गरिरहेको छ ।
चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएका हुन् ।
सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने रेल विभागले जनाएको छ ।
प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया