निर्मला हत्या प्रकरणः एसपीका बाबुछोरासहित मेयरका भतिजको डीएनए टेस्ट
काठमाडौं ,बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याको छानविनका क्रममा प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परिक्षण सुरु गरेको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले उनिहरु ३ जनाको डीएनए परीक्षण सुरु गरेको हो। न्यायको लागि हाल काठमाडौं आएका निर्मलाका बुवाआमा तथा आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा मेयरका भतिजाको पनि डिएनए परिक्षण हुनुपर्ने माग राखेपछि एक्त कदम चालिएको छ ।
यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो भने घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैया धरौटीमा छोडिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया