काठमाडौँमा चोरी गरेको आरोपमा एक नुवाकोटे पक्राउ

नुवाकोट । काठमाडौँमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नुवाकोटेसहित अन्य दुईजना रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर भई काठमाडौंको मण्डिखाटार बस्ने रोशन गौतम र नुवाकोट पिपलडाँडा घर भई टोखा बस्ने तुलबहादुर विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई काठमाडौंको धापासी हाइटस्थित एक घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
परियार र गौतमले फागुन १३ गते काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठा फोडेर विभिन्न गरगहना र नगद गरी ८ लाख १ हजार २५० बराबरको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु दुवै जनालाई मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरिएको र सोही चोरी प्रकरणमा संलग्न रहेको आरोपमा सुन पसल सञ्चालक समेत रहेका विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
विश्वकर्माले आफ्नो सुन पसलमा गौतम र परियारले बिक्री गरेको सुनका गहनाको स्वरुप परिवर्तन गरेका थिए । गौतम र परियारसँगको सोधपुछका आधारमा विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया