सुन एकैदिन तोलामा १७ सय रुपैयाँ बढ्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/gold.jpg)
नुवाकोट । साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा बढोत्तरी हुँदा सोझो असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
गत साता मूल्य क्रमिक घट्दै सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा आइपुगेको थियो। चालु महिनाको सुरुवातमा प्रतितोला १ लाख ४ हजार थियो। अन्तिममा फेरि मूल्य त्यसको नजिक पुगेको छ।
अघिल्लो दिनका तुलनामा ८ सय बढ्दा गत शुक्रबार सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आइतबार प्रतितोला १२ सय ४५ रुपैयाँ भएको छ। गत बिहीबार र शुक्रबार तोलाको १२ सय २० रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्ने क्रममा ब्रेक लागेको देखिएको छ। गत शुक्रबार प्रतिऔंस १८३०.३३ डलरले कारोबार भएको सुन आइतबार प्रतिऔंस १८६७.३ डलर पुगेको छ। चाँदी पनि प्रतिऔंस २० डलरबाट बढेर २०.५३ डलरमा कारोबार भइरहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया