नेपालद्धारा मलेसिया १० विकेटले पराजित
नुवाकोट । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियालाई १० विकेटले पराजित गरेको छ।
७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। नेपालको जितमा दिपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे।
त्यसअघि मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो। नेपाली बलिङ सामु मलेसियाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए।
मूहम्मद हरिसानले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए।
नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता टोलीले विश्वकप खेल्नेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया