प्रचण्डले भने – उपेन्द्र यादव पनि आएपछि सरकारलाई दुईतिहाई बहुमत
११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् ।
उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको दावीसमेत गरे ।
प्रचण्डले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसीयाली छाउनु ठूलो उपलब्धी भएको तर्क गरे । उनले वामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य जनक शाहलाई अध्यक्ष प्रचण्डले पार्टीका प्रवेश गराए । शाह डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बजेट निर्माण कार्यदलमासमेत थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया