नुवाकोट महोत्सव जुवाको अखडा बन्दै
नुवाकोट । सातौ नुवाकोट महोत्सवमा उपहार र चिठ्ठाको नाममा जुवा खेलाईएको छ ।
कृषि, व्यापार, उद्योग, पर्यटनलगायत कुना–कुनामा लुकेका प्रतिभा प्रस्फुटन गर्नुका साथै विभिन्न धर्म, संस्कृतिको उजागर गर्न भन्दै आयोजना गरिएको महोत्सव मुल गेटमै जुवाको अखडा राखिएको छ ।
उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका तीन सय स्टलमध्ये करिव चारष्टा स्टलमा निषेधित चिठ्ठाको व्यापार गरिएको भएपनि प्रहरी र प्रशासन रमिते बनेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले १७ बुँदे शर्त राखेर मात्र महोत्सव गर्न दिएपनि पहिलो दिनदेखिनै आयोजक नुवाकोट उद्योग वाणिज्य संघले अटेरीपन देखाएको हो ।
महोत्सव सञ्चालनको लागि प्रशासनद्वारा जारी अनुमति पत्रको बुदाँ नम्बर २ मा “जुवा, तास अन्य खेलहरु खेलाउन पाईने छैन” उल्लेख गरेको छ । तर शुक्रवार महोत्सव शुरु भएकै दिनदेखि चिट्ठा खेलाउन शुरु गरिएको हो ।
कानुनी रुपमा चिठ्ठा सञ्चालन गर्नका लागि प्रशासनबाट कुनै पनि किसिमको कानुनी इजाजत नलिएतापनि तीन स्टलमा भने चिठ्ठालाई आयोजकले अनुमति दिएको हो ।
भाग्य परीक्षा, उपहारको नाममा राखिएको स्टलमा ५० रुपैयाको टिकट काटेर नम्बर लिन लगाउने र लिएको नम्बरमा तीरद्वारा निशाना लगाउँदा “परे पुरस्कार नपरे नमस्कार” भन्दै पठाउने गरेको पाईएको हो ।
महोत्सवमा अवैध रुपमा चिठ्ठा खेलाईदा पनि प्रहरी र प्रशासन भने रमिते बनेका छन् । दिनहुँ महोत्सवको लागि भन्दै दुई दर्जन प्रहरी खटिदा समेत चिठ्ठा बन्द नभएको भन्दै सरोकारवालाहरुको मिलेमतोमा चिठ्ठा संचालन भएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया