नुवाकोटका जेनी जेकेले २५ वर्षको प्रयासपछि नागरिकता पाए
नुवाकोट । नुवाकोटमा जन्मिएका जोनी जेकेले २५ वर्षको प्रयासपछि बल्ल ४२ वर्षको उमेरमा गत महिना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ गँगटे स्थायी घर भएका जोनीले गत महिना जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अंगीकृत नागरिकताको पमाणपत्र लिएका हुन् । जोनीको जन्म नुवाकोटमै भएको हो भने उनकी आमा पनि नेपाली नै हन् ।
जोनीले अंगीकृत नागरिकता पाप्त गरेसँग छोरा र छोरीका लागि पनि नागरिकता लिने बाटो खलेको छ । ४२ वर्षको भइसकेका जोनीले २५ वर्षदेखि नागरिकताको पक्रिया सुरु गरेर पनि पाप्त गर्न सकेका थिएनन् ।
उनले नागरिकताको प्रमाणपत्र प्राप्त नहुँदा थुप्रै तनाव व्यहोर्नुपरेको थियो । त्यसभन्दा ठूलो तनाव त जोनीले नागरिकता प्राप्त गर्न विभिन्न निकायमा धाउँदा पाएका थिए । उनले आफूले नागरिकता माग गरेको २५ वर्षपछि नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा खुसी व्यक्त गरे ।
नेपाली आमाको कोखबाट जन्मेर नेपालमै कर्मभूमि बनाएका जेकेले अनागरिक हुनुको पीडा अन्त्य भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया