नुवाकोटको विदुरमा लि–निङको नयाँ सोरुम
नुवाकोट । चर्चित स्पोर्ट्स ब्राण्ड लि–निङ नेपालले नुवाकोटको विदुरमा नयाँ सोरुम संचालनमा ल्याएको छ ।
लि–निङ नेपालले बिहीबारबाट त्रिशुलीमा नयाँ सोरुम संचालनमा ल्याएको हो ।
लि–निङ नेपालका कार्यकारी निर्देशक राजन महर्जन र तेक्वान्दोकी ओलम्पियन संगीना बैद्यले सोरुमको उद्घाटन गरेका छन् ।
सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले त्रिशुलीमा नयाँ सोरुम खोलिएको लि–निङ नेपालले जनाएको छ ।
अनु इन्टरप्राइजेज स्थानीय बिक्रेता रहेको नयाँ सोरुममा लि–निङको उत्पादन सहज रुपमा उपलब्ध हुने लि–निङ नेपालले जनाएको छ ।
कार्यक्रममा बोल्दै लि–निङ नेपालका कार्यकारी निर्देशक राजन महर्जनले आफ्नो पुर्खाहरू व्यवसायिक सिलसिलामा नुवाकोट त्रिशुली आएको सम्झना गर्दै फेरि व्यापारमार्फत जोड्ने मौका मिलेकोमा खुशी व्यक्त गरे । महर्जनले नुवाकोटको खेलकुदमा लि–निङले सक्दो सहयोग गर्ने बाचा समेत गरे।
यस्तै ओलम्पियन संगीनाले आफु खेलाडी हुँदा विदेशी खेलाडीहरुले लगाएको देखेको र विदेश जाँदा आफुले पनि किन्ने गरेको सम्झनामा गर्दै आफ्नै जन्म स्थलमै लि–निङको सोरुम आउदा असाध्यै खुशी लागेको बताईन ।
लि–निङ नेपालले विभिन्न खेललाई प्रायोजन गर्दै आईरहेको छ । नेपाली राष्ट्रिय बास्केटबल टिम लगायत विभिन्न क्लबहरुलाई लि–निङ नेपालले प्रायोजन गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया