जबजस्ती करणी गरेको आरोपमा तादी गाउँपालिकाका तामाङ पक्राउ
विदुर खबर
२०७५ भदौ २६ गते २:४८
नुवाकोट भदौ २६, जिल्ला प्रहरी कार्यलय नुवाकोटले जबरजस्ती करणी गरेको आरोपमा तादी गाउँपालिका वडा नं १ का लक्षो भनिँने बिनोद तामाङलाई पक्राउ गरेको छ ।
तामाङले गत असार २७ गते तादी गाउँपालिका वडा नं १ की लक्ष्मी (नाम परिवर्तन) लाई घरमा कोही नभएको मौकामा जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरक्षिक बसन्त बहादुर कुवरले बताउनुभयो । तामाङलाई नुवाकोटबाट खटिएको प्रहरीले काठमाण्डौको भृकुटीमण्डपबाट आइतबार पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया