चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु
विदुर खबर
२०७९ पुष २३ गते ७:५३

नुवाकोट । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् । बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।
खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया