ग्लोबल आईएमइ बैंक र बिओकेको एकिकृत कारोबार पुस २५ बाट हुने
नुवाकोट । ग्लोबल आईएमइ बैंक र बैंक अफ काठमाण्डु लिमिटेड (बिओके) एक आपस मर्ज भई पुस २५ गते सोमबारबाट एकिकृत कारोबार गर्ने भएका छन् ।
मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयल पुस १९ गते बिओकेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु ग्लोबल आईएमई बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
सोहि अनुसार पुस २५ गते सोमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ ।
एकिकृत कारोबार शुरू गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि २०७९/०९/२२ गते शुक्रबार, २०७९/०९/२३ गते शनिबार र २०७९/०९/२४ गते आइतबार बिओकेको सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गर्दै आईरहेको सम्पूर्ण बैकिङ्ग सेवाहरू बन्द रहने छन्। बिओकेको डेबिट कार्ड, अन्तर्राष्ट्रिय कार्ड, e-Com कार्ड, ATM, BOK Smart, BOK Click बाट हुने कारोबार पनि अवरुद्ध रहने बैंकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया