देउवालाई दबाव दिन शेखर-गगन समूहको बैठक बस्दै
नुवाकोट । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ ।
२२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै कांग्रेसले २८ पुसमा बैठक सारिएको हो ।
नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको छ ।
संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । शेखर–गगन समूहको बैठक आज बस्ने भएको छ ।
इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बुझिएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया