खोपाङ भिरमा पहिरो जाँदा साँझदेखि धुन्चे–रसुवागढी राजमार्ग बन्द
रसुवा भदौ २५, धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा आज साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ ।
करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स–साना ढुङ्गा झर्ने कार्य जारी भएकाले आज रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताउनुभयो । ठूलाठूला ढुङ्गा झरेका कारण पहिरो खोली राजमार्ग सुचारु गर्न तीन÷चार दिन लाग्ने अनुमान गरिएको सडक कार्यालयका डोजर अपरेटर राजेश दाहालले जानकारी दिनुभयो ।
अहिले साँझ ६ बजे खसेको ढुङ्गा विस्फोटन गराएर मात्र राजमार्ग खोल्न सकिने प्राविधिकहरुले बताएका छन् । बिरामी लिई चिलिमेबाट धुन्चे अस्पताल आएको एम्बुलेन्ससमेत परिरोका कारण रोकिएको छ । केरुङबाट सामान लिन आएका करीब ५०० कन्टेनर भन्सारबाट छुट्ने क्रममा रहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया