बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा
विदुर खबर
२०७९ पुष ८ गते २०:५१
नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
गएको मंसिर ४ सम्मपन्न निर्वाचनमा उनी धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए।
प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताए ।
बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया