निर्वाचनको खर्च वडाध्यक्षले नतिरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

नुवाकोट । स्थानीय निर्वाचनमा गरेको खर्च वडाध्यक्षले नतिरेको भन्दै सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ को वडा कार्यालयमा पीडितहरूले शुक्रबार तालाबन्दी गरेका छन् ।

निर्वाचनअघि प्रचारप्रसार र खाना खर्चका लागि लगेको १० लाख रुपैयाँ वडाध्यक्ष जयबहादुर पौडेलले हालसम्म नतिरेकाले तालाबन्दी गरेको जनाइएको छ । निर्वाचनका बेला भएको खर्च पटक–पटक माग गर्दा समेत वडाध्यक्ष पौडेलले बेवास्ता गरेकाले वडा कार्यालयमा तालावन्दी गर्न बाध्य भएको पीडितहरूले बताएका छन् ।
निर्वाचनमा भएको खर्चको भुक्तानी नहुन्जेलसम्म तालाबन्दी कायम रहने पीडितहरूले जनाएका छन् । वडाध्यक्ष पौडेल नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । खर्च भएको रकम भुक्तानी माग्ने पनि कांग्रेस कार्यकर्ताहरू नै रहेको छन् ।
चुनावको प्रचारप्रसारका क्रममा खाना, खाजालगायत खर्च र पसलहरूमा बाँकी रहेको १० लाख रुपैयाँ हाराहारीको रकम वडाध्यक्ष पौडेलले ६ महिना बित्न लाग्दा समेत नफस्र्याएकाले तालाबन्दी गर्नु परेको पीडितहरूले बताए ।
वडाध्यक्ष पौडेलले भने चुनावमा खर्च भएको १५ लाख रुपैयाँ यसअघि नै भुक्तानी गरिसकेको बताए । चुनावमा आर्थिक समिति बनाएर त्यसको संयोजक कमल अधिकारीलाई रकम दिएको भन्दै भुक्तानी नगरेर अपचलन गरेको हुन सक्ने अध्यक्ष पौडेलको भनाइ छ ।
आर्थिक समिति संयोजक अधिकारी रकम भुक्तानी गर्नुको साटो भागीभागी हिँडेको समेत वडाध्यक्ष पौडेलको आरोप छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया