विदुर नगरपालिकाले अवैध रुपमा खोला दोहन गर्न अनुमति दियो

विदुर खबर २०७९ कार्तिक २१ गते १०:३८

विदुर । विदुर नगरपालिकाले कानून विपरित एक क्रसर उद्योगलाई नदी उत्खनन्को अनुमती प्रदान गरेको छ ।

Advertisement

आवश्यक प्रक्रिया समेत पुरा नगरी नगरपालिकाले गंगटेमा रहेको बर्डस्टोन क्रसर उद्योगलाई तादी खोला उत्खनन् गर्ने अनुमती दिएको हो । यो क्रसर विदुर नगरपालिका वडा नं. २ र ५ मा छ । दुवै वडा अध्यक्षहरू नगरपालिकाको पत्र बुझेर अलमलमा छन् । स्थानीयको व्यापक विरोध हुँदै गर्दा नगरपालिकाबाट आएको पत्र समातेका वडा अध्यक्षले ‘लौ मेयरले बितायो’ भन्दै नागरिकहरू समक्ष प्रमुख प्रशासकीय अधिकृतले लेखेको पत्र नै सार्वजनिक गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) लगातयतका सबै मापदण्ड पुरा गरेको दावी गर्दै विदुर गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनालले नगरपालिकाको कात्तिक १६ गतेको निर्णय भन्दै १७ गते क्रसर कम्पनीलाई पत्र दिएका छन् ।

Advertisement

पत्र पाएको आधा घण्टामै क्रसरले खोला उधिन्न सुरु गरेको छ । यस विषयामा जिल्ला समन्वय समिति अनभिज्ञ छ । समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुीेलेले यस संवाददाताको जानकारीमा अनभिज्ञता दर्शाए । अनुगमनको जिम्मा आफ््नो रहेको र त्यस विषयमा कुनै जानकारी आफ्नो कार्यालयलमा नभएको ठकुरीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले समेत यस विषयमा आश्र्चय व्यक्त गरे । खोजीनीति गर्दा नगरपालिकाले खोला खन्नु भनेर लेखेको पत्र क्रसर कम्पनीले आफ्नो टेबुलमा पछारेको एसपी पण्डितले बताए । प्रमुख जिल्ला अधिकारीले मेयर राजन श्रेष्ठ लगायतका सम्वन्धित व्यक्तिहरू मात्रै सम्मिलित बैठकको तयारी गरेका छन् । आज सोमवार यस विषयमा सिडिओले मेयरसंग छलफल गर्ने श्रोतले बताएको छ । एसी पण्डित, समन्वय प्रमुख ठकुरी र सिडिओ नारायणप्रसाद रिसाल प्राकृतिक श्रोत साधनको दोहान नियन्त्रण गर्ने पक्षमा छन् ।

Advertisement

तीन वटा सान ठुला मेसिन प्रयोग गर्नेगरी कात्तिक १७ गतेदेखि ३१ दिनका लागि नगरपालिकाले पत्र दिएको छ । समाचार श्रोतका अनुसार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले छ महिना अघिको आफ्नो चुनाव खर्च उठाउने मेसो यही क्रसरबाट गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले पनि यसको हिस्सा लिने सहमती भएको छ । ‘चुनाव पछि आफु बस्ने होइन क्यारे’ भन्दै खनालले ‘राम्रै रकम डिल गरेको समाचार श्रोतको दावी छ । पत्र लेख्न आनाकानी गरेका प्रमुख प्रशासकीय अधिकृत खनालले ‘दह्रो डिल’ गरेपछि पत्रमा सही गरेका थिए ।

मेयर राजन श्रेष्ठले आफ्नो हात नरहेको, कार्यपालिकाको बैठकको निर्णय  अुनसार खोला खन्ने अनुमती दिएका बताए ।

                     नगरपालिकाले अवैध रुपमा खोला दोहन गर्ने अनुमति दिएसँगै विदुर ५ मा खोला दोहन हुँदै ।

यसै बीच विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनाल प्राकृतिक श्रोत साधनको दुरुपयोग गर्दै व्यक्तिगत कमाउ धन्दामा लागेको जानकारी प्राप्त भएको छ । मेयर राजन श्रेष्ठले आफु अनुकुल गर्न र बालुवाबाट गोप्य असुली गर्न १० नं. वडा कार्यालयको सचिव पदमा कार्यरत एक कर्मचारीलाई नगरपालिकाको कार्यालयमा तानेका छन् । सुर्दशन सेढाई नाम गरेका ति कर्मचारीलाई यही फाँटको जिम्मा उनले दिएका छन् ।

अधिकृत खनाल उनै सेढाँई लिएर एक व्यापारिको बालुका खानीमा बुधवार पुगेका थिए । श्रोतका अनुसार अधिकृत खनाल र सेढाईंले ‘अलिअलि मलाउने भए आँखा चिम्लने’ भन्दै टाउँको कन्याएका छन् । ति व्यापारिले कानून अनुसार तिर्नुपर्ने मात्रै नगरपालिकाले पाउने तर व्यक्तिगत रकम दिन नसक्ने भन्दै ठाडो जवाफ दिएर फर्काएको खवर आजको इमेज साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया