नुवाकोटमा मतदाता रिझाउन उम्मेदवार व्यस्त
नुवाकोट । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै नुवाकोटमा मतदाता रिझाउन उम्मेद्वार व्यस्त भएका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा देशभर रोचक भिडन्तको तयारी भइरहेको छ । हिजोको सहयात्री अहिलेका प्रतिस्पर्धी, हिजोका प्रतिस्पर्धी अहिलेका सहयात्री भएका छन् ।
नुवाकोटमा पनि कम्युनिस्टविरुद्ध कम्युनिस्ट नै प्रतिनिधिसभा क्षेत्र नम्बर १, पतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र पतिनिधिसभा क्षेत्र नम्बर २ को पदेश सभा (क) मा भिड्दैछन् ।
०७४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्दबीच देशभरि चनावी तालमेल भयो । जसको कारण नुवाकोट जिल्लाको दुई क्षेत्र रहेको पतिनिधिसभा सदस्य र चार क्षेत्र रहेको प्रदेशसभा सदस्य नै एमाले र माओवादी केन्दले जित्यो । पतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ सहित दईवटा प्रदेश माओवादी र दुई पतिनिधिसभा क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर २ र दईवटा प्रदेश सभा सदस्य एमालेले जित्यो ।
०७४ सालको निर्वाचनमा एक– अर्काको चनावी सहयात्री बनेर विजयको माला पहिरिएका हितबहादर तामाङ र बदी मैनाली अहिले भने पतिस्पर्धी बनेका छन् । गत ०७४ को निर्वाचनमा पतिनिधिसभा क्षेत्र नम्बर १ बाट हितबहादर तामाङ र पतिनिधिसभाको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट बदी मैनाली उम्मेदवार बनेर जितेका थिए ।
तालमेलसँगै पार्टी एकताका लागि दवैले दवैलाई साथ र सहयोग गरे । सहयात्री बने । निर्वाचनपछि तामाङ र मैनाली एकै दलका सहकर्मीसमेत बने । माओवादी केन्द र एमालेबीच पार्टी एकता भएर बनेको नेकपामा तामाङ केन्दीय सदस्य्र र मैनाली बागमती पदेश कमिटी सदस्य भए । पार्टीलाई मजबत बनाउन आपसी सरसल्लाह गर्दै योजना निर्माण र क्षेत्रको विकासका लागि अहोरात्र खटिरहे ।
काङ्गेसले विगतको ०५१, ०५६, ०६४, ०७० सम्म जितेको उक्त क्षेत्रमा दवैु मिलेर कम्यनिस्टको किल्ला बनाउन सफल भएका थिए । ०७४ सालको निर्वाचनमा एक–अर्काको चुनावी सहयात्री बनेर विजयको माला पहिरिएका तामाङ र मैनाली अहिले भने पतिस्पर्धी बनेका छन् । उनीहरू आगामी मङ्सिर ४ गते हुने नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यका लागि पतिस्पर्धा गरिरहेका छन् । तामाङले उक्त क्षेत्रमा ०६४, ०७० को संविधानसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका केन्दीय सदस्य डा. रामशरण महतसँग पराजित भएका थिए ।
मैनालीको सहयोगमा दईपटक पराजित महतलाई तेस्रोपटक हराउन सफल तामाङ यसपटक भने काङ्ग्रेसको सहयोग लिएर मैनालीसँग पतिस्पर्धा गरिरहेका छन् । काङ्गेससहितको गठबन्धनको्र बलमा तामाङ मैनालीलाई जित्नका लागि योजना मुताबिक मैदानमा उत्रिएका छन् । गत ०७४ सालकै प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भएका मैनाली अहिले एमाले जिल्ला कमिटीका अध्यक्ष रहेका छन् ।
०५१ सालदेखि एकछत्र विजयी भएर पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतलाई टक्कर दिएर गत ०७४ मा महतकै भतिज हाल नवाकोट काग्रेसका सभापति रमेश महतलाई हराएर एकाएक चर्चामा आएका मैनाली युवाबीच लोकप्रिय र प्रढौ आशा, भरोसा गरेका नेता हन् ।
प्रदेश सभा हुँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका मैनालीले एमालेको पूरै शक्ति क्षेत्र नम्बर १ मा केन्दित्र गरिरहेका छन् । निवर्तमान सांसद तामाङलाई अघिल्लो निर्वाचनमा एमालेको साथ थियो । तामाङसँग प्रतिस्पर्धा गर्न एमालेले जिल्ला पार्टी अध्यक्ष मैनालीलाई मैदानमा उतारेपछि काङ्ग्रेसले यस क्षेत्रमा भन्दा प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई जिताउन जिल्लाको सबै शक्ति लगाएको छ ।
पहिलोपटक सङ्घीय संसद्को निर्वाचन लडेका मैनालीलाई काङ्ग्रेसको एउटा पक्षले सहयोग र साथ दिइरहेको छ । पतिनिधिसभाको क्षेत्र नम्बर १ को पदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेले सुशील खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत स्थानीय निर्वाचनअघि नेपाली काङ्ग्रेसको प्रदेश इकाइ सभापति त्यागेर एमालेमा प्रवेश गरेका हुन् । खड्कासँग गठबन्धनले यसै पदेशबाट गत ०७४ को प्रदेश सभा सदस्य जितेकी निवर्तमान बागमती पदेश सभाकी उपसभामुख माओवादी केन्द्रकी नेता राधिका तामाङलाई चुनावी मैदानमा उतारेको छ ।
खड्का र तामाङ काङ्गेसको मत लिएर विजयी बन्ने योजनामा रहेका छन् । त्यसैगरी, उक्त क्षेत्रको प्रदेश नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली काङ्गेस जिल्ला सभापति रमेश कुमार महत र एमालेका बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठबीच प्रतिस्पर्धा हनेछ ।
महत गत निर्वाचनमा यसै प्रदेशबाट पराजित भएकाले यसपटक सम्पूर्ण शक्ति लगाएर जित्ने तयारीमा छन् । श्रेष्ठ पहिलोपटक प्रदेश संसद्को निर्वाचनमा उम्मेदवार बनेकाले जसरी पनि जित्न लागिपरेका छन् । श्रेष्ठ रापपा र कांग्रेसको महतविरोधी समूहको साथ र सहयोग लिएर महतलाई पछार्ने योजनामा रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट काङ्गेसका अर्जुननरसिंह केसी र एमालेका प्रदेश कमिटीका सदस्य तथा निवर्तमान सांसद नारायणप्रसाद खतिवडाबीच प्रतिस्पर्धा रहेको छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार समन पाण्डेको पक्षमा दिन प्रतिदिन जनमत बढिरहेकाले केसी र खतिवडा दवैको मत घट्दो क्रममा रहेको राजनीतिक विश्लेषकले बताइरहेका छन् ।
सफल पर्यटन व्यवसायी समेत रहेका पाण्डेको चर्चा यो क्षेत्रमा यवा मतदाताबीच बढिरहेको काङ्गेस र एमालेका नेताले नै बताउने गरेका छन् । पाण्डेको उम्मेदवारीले गत ०७४ को निर्वाचनमा पराजितको बदला लिन गठबन्धन मिलाएका केसीका लागि त्यति सहज देखिँदैन । गठबन्धन र काङ्ग्रेसको सबैलाई मिलाउन केसीको पयास भने जारी रहेको छ ।
०३८ सालदेखि निरन्तर निर्वाचनमा उम्मेदवार बन्दै आएका कारण मतदाता उनीप्रति सकारात्मक देखिँदैनन् । एमालेका खतिवडा भने काङ्ग्रेस र माओवादीबीच आन्तरिक कलह बढाएर चुनाव जित्ने तयारीमा देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पाण्डेले एमाले र काङ्गेसको मत खोस्ने भएकाले जुन पार्टीको बढी मत पाण्डेले लिन्छन् त्यही पार्टी यो क्षेत्रबाट पराजित हुने अवस्था रहेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष एवम् निवर्तमान सांसद केशव पाण्डे र नेकपा माओवादी केन्दका प्रदेश कमिटीका सदस्य एवम् एकीकृत नेकपाकालीन सहकर्मी रामप्रसाद ढङ्गानाबीच प्रतिस्पर्धा हुँदै छ ।
ढुङ्गाना पहिलोपटक पदेश सभा सदस्य हुने दाउमा छन् भने पाण्डे प्रदेश सभा सदस्यमा दोहो¥याएर पदेशको मुख्यमन्त्री हुने दौडमा रहेका छन् ।
यस क्षेत्रमा गठबन्धनरत दल नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीको उम्मेदवारी कायम छ । गठबन्धनको केन्दीय निर्णय अनुसार यो क्षेत्र समाजवादीको भागमा परेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया