नुवाकोटमा एमालेको वडा सदस्यसहित एकसय भन्दाबढी काँग्रेस प्रबेश
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी( एमाले) बाट गत स्थानीय निर्वाचनमा बिदुर नगरपालिका वडा नम्वर ८ को वडा सदस्यमा निर्वाचित युवा सामाजिक कार्यकर्ता श्रीकृष्ण रिजालसहित क्यौरिनीका एकसय जना भन्दा बढी नागरिक नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
नुवाकोटको सामाजिक बिकासको क्षेत्रमा आफ्नो बिशिष्ट पहिचान बनाउँदै एमालेको राजनीतिमा सक्रिय रिजालसहित नवप्रबेशीहरुलाई शुक्रवार क्यौरिनीमा आयोजित एक कार्यक्रमका बिच काँग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसी र काँग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा ख का उम्मेदवार बहादुरसिंह लामाले पार्टीमा स्वागत गरे ।
त्यसक्रममा काँग्रेस प्रबेश गरेका वडा सदस्य रिजालले मुलुकको समग्र बिकास काँग्रेस नेतृत्वको गठबन्धनको जितबाट मात्र सम्भव रहेको निष्कर्षका साथ आफू नेपाली काँग्रेसमा समाहित भएको र गठबन्धनको जितका लागि सम्पूर्ण रुपमा क्रियाशिल रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय केसी र लामा, माओवादी पोलिट्ब्यूरो सदस्य बिमला सुबेदी, संबिधानसभा सदस्य एवं काँग्रेस नेता जगदीश्वरनरसिंह केसी, माओवादी केन्द्रका नुवाकोट सह–ईञ्चार्ज एवं बागमती प्रदेशसभाका निवर्तमान सदस्य हिरानाथ खतिवडा, नुवाकोट काँग्रेसका उपसभापति एवं जिल्ला निर्वाचन परिचालन समितिका संयोजक राजु थापा, सहसंयोजक कल्पना रिमाल, काँग्रेस नेताहरु सुरेन्द्रराज अधिकारी, फैसिङ तामाङ, उमंगमान शाक्य लगायतले देशैभर गठबन्धनको पक्षमा देखिएको लहरले संघ र प्रदेशमा गठबन्धको स्पष्ट बहुमत सुनिश्चित गरिसकेको बताउँदै नागरिकको गठबन्धनप्रतिको सद्भावलाई सदैब सम्मान गरिने धारणा ब्यक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया