रसुवामा एकीकृत समाजवादीका ३ जनाको उम्मेदवारी फिर्ता

विदुर खबर २०७९ असोज २७ गते ८:०९

नुवाकोट । रसुवामा नेकपा (एकीकृत समाजवादी)का ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

Advertisement

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ र २ मा उम्मेदवारी मनोनयन दर्ता गरेका नेकपा (एस)का ३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका शिवप्रसाद लामिछाने प्रदेशसभा निर्वाचन क्षेत्र नं १ तर्फ उम्मेदवारी दिएका सनथ देवकोटा र प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि र प्रदेशसभातर्फ गरी २९ को उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।एकीकृत समाजवादीका ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधि र प्रदेशसभामा २६ जनाको प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभामा १० जना प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ८ र २ मा ८ गरी १६ जना उम्मेदवार रहेका छन् ।

Advertisement

रसुवामा कुनै पनि उम्मेदवारका विरुद्धमा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । त्यस्तै प्रतिनिधि र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई आजै चुनाव चिह्न प्रदान गरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा ३४ मतदानस्थल र ५२ मतदान केन्द्र छन् ।

जिल्लामा ३९ हजार ४ सय ५९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले बताएको छ । जसमध्ये महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना छन् ।

Advertisement

प्रतिक्रिया