सिभिल अस्पतालका चिकित्सक डा. सुस्मिता पाठकद्वारा आत्महत्या
विदुर खबर
२०७९ असोज २७ गते ७:५५

नुवाकोट । सिभिल अस्पताल वानेश्वरमा कार्यरत चिकित्सक सुस्मिता पाठकले बुधबार आत्महत्या गरेकी छिन् ।
प्रहरीका अनुसार बिरामीको शल्यक्रिया गर्दा प्रयोग हुने नशालु पदार्थ आफैंले सिरिन्जबाट प्रयोग गरी डा. पाठकले आत्महत्या गरेकी हुन् ।
ललितपुरको इमाडोलमा बस्दै आएकी डा. पाठकले प्रेममा असफल भएपछि आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । उनी बुधबार दिउँसोसम्म पनि कोठाबाट बाहिर ननिस्कएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डा. पाठक बस्दै आएको कोठा फोडेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए ।
जनकपुर घर भई उक्त अस्पतालमा काम गर्दै आएकी पाठकले सुसाइट नोटसमेत लेखेर आत्महत्या गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले बेहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको बताएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया