धादिङ–२ मा रमेश धमलाको बागी उम्मेदवारी
विदुर खबर
२०७९ असोज २४ गते १४:५४

नुवाकोट । धादिङ–२ मा नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनको टिकट खोसिएको छ ।
केन्द्रीय संसदीय समितिले शनिबार पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, आइतबार मनोनयन दर्ताअघि रामनाथ अधिकारीले टिकट पाएका छन् । अधिकारी वर्तमान जिल्ला सभापति हुन् ।
पूर्व कानुन राज्यमन्त्री पाख्रिन सभापति शेरबहादुर देउवानिकट नेता हुन् । तर, नेता शेखर कोइराला समूहका नेता अधिकारीले पाख्रिनको टिकट खोसेका छन् । धादिङ–२ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् भने नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् ।
सम्बन्धित
प्रतिक्रिया