नुवाकोटमा पिङको आकर्षण घट्यो
नुवाकोट । नेपालीको महान चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ ।
तर केही वर्षयतादेखि नुवाकोटका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ ।
वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दशैंलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको गेर्खुका नरहरि बताउँछन् । दशैंमा पिङ खेल्न पाइएन भने मज्जा नै नआउने उनी बताउँछन । नरहरिजस्तै पिङ खेलेर मज्जा लिनेहरू गाउँमा धेरै भए पनि पिङ भने कमैमात्र देखिन थालेका छन ।
आफ्नो परम्परा र दशैंलाई खुशीसाथ मनाउनका लागि पिङको ठूलो महत्व रहेको विदुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बावुराम तामाङले बताए । तर विगतका वर्षमा भन्दा पिङको सङ्ख्या घटेकामा उनी चिन्तित छन्।
केही वर्ष अघिसम्म टोल र गाउँभरिका बासिन्दा जम्मा भएर दोहोरी गीत गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरेको गेर्खुकै दाताराम प्याकुरेल बताउँछन । रातभर जाग्राम बसेर पिङ खेल्दा छुट्टै मज्जा हुने गरेको बताउँदै विष्ट अहिले गाउँघरमा पिङ विरलै देख्न पाइएको बताउँछन ।
पहिला–पहिला पिङ खेलेर रमाइलो गर्दै दशैं मनाउनेहरू अहिले तास, लङ्गुरबुर्जालगायत खेलेर समय कटाउने गरेका छन ।
तर नेपाली र नेपालको संस्कार बनेको पिङको संस्कृति हराउँदै गएकोमा भने सरोकारवाला निकायले चिन्ता व्यत्त गरेका छन् । पिङ संस्कृतिलाई जोगाउन स्थानिय निकायले पहल र चासो लिने हो कि ?
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया