सुबिसुको दशैं तिहार अफर : इन्टरनेट प्याकेज सहित ३२ इन्चको स्मार्ट टिभी

नुवाकोट । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ९९९ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।
यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ । जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ ।
त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ ।सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।
“पुराना ग्राहकहरूका लागि अन्य थुप्रै अफर समेत उपलब्ध छन्, त्यसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा पुग्नुपर्ने छ,” कम्पनीले भनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया