चामलको भाउ बोरामै २ सय रुपैयाँसम्मले बढ्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2022/09/rice.jpg)
नुवाकोट । दशैँमा नेपालीको भान्छा महँगो हुने भएको छ । अन्य खाद्यान्नसहित चामलकै भाउ उकालो लागेको छ ।
भारतले निर्यातमा कर बढाएपछि नेपाली व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् । पछिल्लो १ हप्तामा मूल्य बढेर चामल बजारमा आएको छ । जिरा मसिनो चामलको खुद्रा मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको छ । बोरामा २ सय रुपैयाँसम्मले बढेको छ ।
खुद्रा व्यापारीहरुका अनुसार यसअघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलो जिरा मसिनो चामलको भाउ अहिले प्रतिबोरा १९ सय ५० देखि ठाउँ अनुसार २ हजारसम्म पुगेको छ । एकैपटक बोरामा २ सयले भाउ बढेको यो नै पहिलो पटक हो ।
किराना व्यवसायीहरुले पनि चामलको भाउ बढेको बताएका छन् । उनीहरुलाई चामलको सिजन सकिएको नयाँ धान मंसिरमा मात्रै आउने भएकाले चामल कम मात्रामा उपलब्ध हुने भएकाले भाउ बढाउनु परेको उत्तर दिने गरिएको छ ।
अर्कोतर्फ, भारतले गत भदौ २३ मा चामल निर्यातमा कर बढाएपछि नेपालमा स्वभाविक रुपमा भाउ बढेको तर्क व्यवसायीहरुले गरेका छन् । तर, कर भारतले कर बढाएपछि चामलको आयात नै भएको छैन । आयात नै नभएपनि कर बढेको भन्दै नेपालका व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने दशैँ लक्षित बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया