जिल्ला प्रशासन कार्यालय नुवाकोटमा विद्युतीय गुनासो पेटिका संचालनमा

विदुर खबर २०७९ भदौ २६ गते २०:३१

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्युतीय गुनासो पेटिका संचालनमा ल्याएको छ ।

Advertisement

सार्वजनिक उत्तरदायित्वको माध्यमको रुपमा प्रत्येक कार्यालयमा गुनासो पेटिका राख्नुपर्ने व्यवस्थाअन्तर्गत कार्यालयले विद्युतीय गुनासो पेटिका राखेको हो ।

‘सूचना प्रविधि विकास भएसँगै हाम्रा गुनासो गर्ने माध्यमहरु पनि परिवर्तन भइरहेकाले सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्नो उजुरी तथा गुनासो राख्न सहज होस् भन्ने अभिप्रायले यो विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भने ।

प्रतिक्रिया