विदुर खानेपानी उपभोत्ता समितिको अध्यक्षमा श्रेष्ठ विजयी
नुवाकोट । विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिको अध्यक्षमा संजीव श्रेष्ठ विजयी भएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेद्धवार नेपाली कांग्रेसका छत्र वहादुर डंगोललाई पराजित गरि एमाले–राप्रपाका साझा उम्मेद्धवार रहेका एमालेका संजीव श्रेष्ठ अध्यक्षमा विजयी भएका हु्न् ।
यो समाचार तयार गर्दासम्म १७ सय ९० मत गणना हुँदा श्रेष्ठले एकहजार ५८ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्धवार डगोलले ६ सय ४५ मत प्राप्त गरेका छन् ।
श्रेष्ठ र डंगोलको मतान्तर ४ सय १३ मत रहेको छ । यस्तै खसेको २३ सय २५ मतमध्ये हालसम्म १७ सय ९० मत गणना गरिएको छ । अब ५ सय ३५ मत गणना गर्न बाँकी रहेको अवस्थामा श्रेष्ठले ४ सय १३ मतले अग्रता बनाएका छन् ।
यस्तै सचिवमा एमालेका उम्मेद्धवार राजेन्द्र पाण्डे पनि जित नजिक पुगेका छन् । पाण्डेले पाण्डेले एक हजार ३८ मत प्राप्त गर्दा गठबन्धनका नरेन्द्र वहादुर डंगोलले ६ सय ५ मत प्राप्त गरेका छन् ।
यस्तै अन्य पदाधिकारी र सदस्यहरुमा पनि एमालेकै उम्मेद्धवारहरु जित नजिक पुगेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया