देशैभर डेंगु फैलियो, कुन प्रदेशमा कति संक्रमित ?
नुवाकोट । कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यका फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।
महाशाखाको तथ्यांकका अनुसार सन् २०२२ देखि सेम्टेम्बर ४ सम्ममा ५ हजार २९ जनामा डेंगु भएको पुष्टि भइसकेको छ। सो अवधिसम्ममा डेंगु पुष्टि भएका ५ हजार २९ जनामध्ये २ हजार ८१९ जना काठमाडौं, ललितपुर र भक्तपुरका छन्। काठमाडौं उपत्यकाका अस्पतालहरुमा डेंगु ज्वरोका बिरामीहरु बढिरहेका छन्।
महाशाखाको तथ्यांकका अनुसार गत मेमा काठमाडौंमा एक जनामा डेंगु पुष्टि भएको थियो भने तलितपुरमा जुनमा एक जनामा मात्र डेंगु देखिएको थियो। तर जुनमा भने काठमाडौंमा ३५, ललितपुरमा ९९ र भक्तपुरमा ६ जनामा डेंगु देखिएको थियो।
जुनदेखि बढ्न थालेको डेंगु अगष्ट र सेप्टेम्बरमा अझै बढेको तथ्यांकले देखाउँछ। अगष्टमा काठमाडौंमा ७२७, ललितपुरमा १ हजार ५५८ र भक्तपुरमा ८६ जनामा डेंगु पुष्टि भएको छ। यस्तै सेप्टेम्बरको ४ दिनमा मात्रै काठमाडौंमा १२४, ललितपुरमा १७४ र भक्तपुरमा ७ जना गरी ३०५ जनामा डेंगु पुष्टि भइसकेको छ।
महाशाखाका अनुसार जनवरीदेखि सेम्टेम्बरसम्ममा ७५ जिल्लामा डेंगु पुष्टि भइसकेको छ। मुस्ताङ र हुम्लामा भने डेंगु पुष्टि भएको तथ्यांक छैन।
७५ जिल्लामध्ये १० जिल्लामा ५० जना भन्दा बढीमा डेंगु पुष्टि भएको छ। जनवरीदेखि सेप्टेम्बर ४ सम्ममा १० जिल्लामा मात्र ४ हजार २३७ जनामा डेंगु पुष्टि भएको तथ्यांक छ। जसमा सबैभन्दा धेरै ललितपुरमा देएको छ।
तथ्यांक अनुसार मकवानपुरमा ५९८, रुपन्देहीमा ४३९, धादिङमा १११, तेह्रथुममा ८८, सिन्धुलीमा ६६, गुल्मीमा ५९ र संखुवासभामा ५७ जनामा डेंगु पुष्टि भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए।
सन् २००४ पछि हरेक वर्ष डेंगोको संक्रमण देखिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। महाशाखाको तथ्यांक अनुसार सन् २००५ मा डेंगु पुष्टि भएको रेकर्ड छैन भने सन् २००६ देखि सन् २०२१ सम्ममा २५ हजार ९६६ जनामा डेंगु पुष्टि भइसकेको छ।
सन् २००४ देखि सन् २०२२ को सप्टेम्बर ४ सम्ममा ३० हजार ९९६ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ।
काठमाडौं उपत्यका सहित सबै जिल्लामा डेंगु देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय र छलफल गरेको जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया