उदयपुर एकै परिवारका तीन जनाको हत्या
विदुर खबर
२०७९ भदौ १७ गते १९:११

नुवाकोट । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी मृतकका नातेदार हुन् ।
घटना आज बिहान ११ बजे घटेको र शव टुक्राटुक्रा पारेको अवस्थामा भेटिएको र घटनास्थल बरपर प्रहरी परिचालन गरिएको यादवले बताए ।
सम्बन्धित
प्रतिक्रिया