आज कक्षा १२ को परीक्षाफल प्रकाशित हुने
विदुर खबर
२०७९ भदौ १५ गते ९:०१

नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ ।
स्थगित परीक्षाफल आज बुधबार प्रकाशित हुनेछ । बोर्डले मंगलबार साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको थियो । तर, तीजको दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आउन थालेपछि दिउँँसो साढे २ बजे ‘आजलाई स्थगित भएको’ जनाउँदै बोर्डले सबै सदस्यलाई म्यासेज पठाएको थियो ।
सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो ।
सबैजसो सञ्चारमाध्यमले मंगलबार परीक्षाफल प्रकाशित हुने भन्दै समाचार सम्प्रेषण गरेका थिए । नेपाल टेलिकमले समेत दुईपटकसम्म नतिजा हेर्न सकिने विधिका बारेमा मोबाइलमा सन्देश पठाएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया