दशैका लागि भदौ २६ गतेदेखि नयाँ नोट सटही गरिने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/10/note.jpg)
नुवाकोट । राष्ट्र बैंकले नेपालीहरुको ठूलो पर्व वडादशैका लागि भदौ २६ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । यस वर्ष दशैका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत वर्षहरुमा जस्तै यस वर्षपनि ५, १०, २०, ५० र १०० सय रुपैयाँका खुद्रा नयाँ र सुकिला नोट बैंक तथा वित्तीय संस्थाहरुमार्फत सर्वसाधारणलाई सहटी गर्ने तयारी गरेको छ ।
विगतमा राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र केहि बैंकका शाखाबाट मात्र सटहि सुविधा दिने गरेकोमा भिडभाड भएको गुनासो भएपछि बैंक तथा वित्तीय संस्थामार्फत नै सटही गर्ने केन्द्रीय बैंक स्रोतले जनाएको छ ।
सहकारीका सदस्यहरुका लागि भने राष्ट्रिय सहकारी बैंकमार्फत नयाँ नोट सहटी हुने राष्ट्र बैंकले जनाएको छ । सहकारी संस्था राष्ट्र बैंक अन्र्तगत नभएकाले सहकारी बैंकबाट नयाँ नोट लिन सक्नेछन् ।
गत वर्ष पनि सहकारी बैंकले राष्ट्र बैंकबाट नयाँ नोट ल्याएर सहकारी संस्थाहरुलाई वितरण गरेको थियो । गत वर्षझै यसवर्ष पनि बैंकले सटहि सुविधा दिने सहकारी बैंकले जनाएको छ । राष्ट्र बैंकले नोट सम्बन्धी औपचारिक निर्णय गर्न भने बाँकी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया