त्रिशूली अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन

विदुर खबर २०७९ भदौ ११ गते २१:४६

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ ।

Advertisement

अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार वाग्मती प्रदेश सरकारको सहयोगमा आठ लाख रुपैयाँ लगानी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो । ‘प्रसूती कक्षबाट निस्कने प्लासेन्टा, शल्यक्रिया–ड्रेसिङ गर्दाको मानवजन्य अंग, बिरामी र कुरुवाले खेर फालेका खाद्यान्नलगायत कुहिने फोहरलाई अस्पताल परिसरमा निर्माण गरिएको प्लाण्टमा विसर्जन गर्न थालिएको छ ।’ अस्पतालका प्रमुख डा पाण्डेले भने, ‘प्लान्टबाट उत्पादन हुने इन्धनले चिकित्सकको आवासीय मेसमा १५ जनालाई आवश्यक इन्धन पर्याप्त बनेको छ ।’

सो क्रममा फोहर बिसर्जनका लागि प्लान्टको निर्माणसहित डिप बोरिङ निर्माण गरेर पानीको सुविधा सहज बनाइएको छ । ‘न्यूनतम सेवा मापदण्ड’मा त्रिशूली अस्पतालले देशभरका सरकारी अस्पतालमध्ये आर्थिक वर्ष २०७७/७८ मा ८३ अंक प्राप्त गरेको थियो भने गत आव २०७८/७९ मा ९४ अंकको साथ देशभरको उत्कृष्ट अस्पताल घोषित भएको थियो ।

Advertisement

प्रतिक्रिया