माओवादीले नुवाकोट क्षेत्र नम्बर १ कुनै हालतमा छोड्दैन : तामाङ
नुवाकोट । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले गठबन्धन भए पनि कुनै हिसाबले नेकपा माओवादी केन्द्रले नुवाकोट क्षेत्र नम्बर १ नछाड्ने बताएका छन् ।
शुक्रवार एक टेलिभिजन अन्तर्वार्तामा सांसद तामाङले २०७४ सालमा माओवादी केन्द्रबाट आफूले जितेको र तुलनात्मक हिसाबले सोही क्षेत्रमा आफ्नो पार्टी बलियो भएकोले अरुलाई छाड्न नसकिने बताए ।
दलगत हिसाबमा हितबहादुर तामाङलाई पठाउँछ अथवा अरुलाई पठाउँछ । अलग कुरा हो । तर नेकपा माओवादी केन्द्रले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ पाउनुपर्छ भन्ने अन्त्यसम्मै दाबी हुन्छ, तामाङले भने ।
“कुनै पनि हिसाबले माओवादी केन्द्रले नुवाकोट क्षेत्र नम्बर १ छाड्दैन,” तामाङले भने । उनले पार्टीमा उम्मेद्धवार छान्नु गौण कुरा रहेको भन्दै चुनाव जो लडे पनि नु्वाकोट क्षेत्र नम्बर माओवादीले नछाड्ने बताए ।
माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका तामाङले माओवादी केन्द्रले त्यो क्षेत्र दाबी नगर्ने हो भने कुनमा गर्ने भनेर समेत प्रतिप्रश्न गरे ।
तामाङले कि नुवाकोटबाट माओवादी केन्द्रले कुनै पनि क्षेत्र पाउँदैन भन्न सक्नुप¥र्यो । त्यसका लागि माओवादी केन्द्रलाई नुवाकोट क्षेत्र नम्बर १ बाहेक अर्काे विकल्प हुन सक्दैन ।
उनले पार्टीले जो सुकैलाई उम्मेदवार बनाए पनि जनताको रोजाइमा आफैै पर्ने समेत दाबी गरे । “ मलाई चुनाव नलडाकन कार्यकर्ताले छोड्दै छोड्दैनन्, जनभावना अनुसार मेरो पनि दाबी जोडदार रुपमा छ । म कुनै पनि हिसाबले उठ्न पाउनुपर्छ भन्ने मैले आफ्नो दलमा राखिराखेको छ”ु, तामाङले भने ।
उनले नुवाकोट क्षेत्र नम्बर १ मा आफ्नो दाबी रहेको पार्टीका शिर्ष नेतृत्वलाई समेत जानकारी गराइसकेको बताए । आफ्नो पार्टीका नेताहरुसँग राखिराखेको छु । यद्यपि दलगत हिसाबमा हितबहादुर तामाङलाई पठाउँ छ अथवा अरुलाई पठाउँछ अलग कुरा हो ।
२०७४ सालको निर्वाचनमा तामाङ नुवाकोट १ बाट पूर्व अर्थमन्त्री एवं कांग्रेसका नेता रामशरण महतलाई पराजित गर्दै सांसद बनेका थिए ।
उनले नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्र बलियो भएको अनुमानसहित एक्लाएक्लै भिड्न परे पनि तयारीमा नेता कार्यकर्ता रहेको समेत स्पष्ट गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया