नुवाकोटमा बन्दको प्रभाव परेन
नुवाकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा परेको छैन ।
बन्दको प्रभाव सामान्य रुपमा परेपनि विद्यालय पसल तथा यातायातका साधन केही कम चलेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जिल्लामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र जिल्ला भएर चल्ने लामो तथा छोटो दुरीका बसहरु पनि चलेको बताएको छ ।
बिहान अन्य दिनको तुलनामा कम गाडी चले पनि पछि सडकमा गाडी बढ्दै गएका थिए । ट्राफिक प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर सवारी साधन चलाउन चालकहरुलाई भनेका थिए ।
बिहानैदेखि प्रमुख चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन थियो । ।
सरकारसँग २०७७ सालको फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया