सोमबार सुनचाँदीको भाउमा गिरावट

विदुर खबर २०७९ भदौ ६ गते १३:०६

नुवाकोट । सोमबार सुनचाँदीको भाउमा गिरावट देखिएको छ । भदौ ६ गते, सुन तोलामा २०० रुपैयाँले सस्तिएको हो । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा झरेको छ । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो । चाँदीको मूल्य भने लगातार एक सातादेखि घटिरहेको छ । सोमबार पनि चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १६५ रुपैयाँमा किनबेच हुँदैछ ।

Advertisement

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा खरिदबिक्री भएकाे थियाे ।

 

Advertisement

प्रतिक्रिया