६ महिनाभित्र प्रतिफल दिन सकिने अवस्था छ: सान्जेन जलविद्युत

विदुर खबर २०७९ भदौ ६ गते ११:११

नुवाकोट । सान्जेन जलविद्युत कम्पनीले स्थानीयलाई निष्काशन गरिने आईपिओ अवरोध भए कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न गर्न नसकिने जनाएको छ ।

Advertisement

आईपिओ निष्काशनको लागि निर्धारण गरीएको क्षेत्रहरुमा अशन्तुष्टी जनाउदै स्थानीयले कम्पनीमा  तोडफोड गरेपछि कम्पनीले अवरोध भए कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न गर्न नसकिने जनाएको हो।

कम्पनीले क्षेत्र र वर्ग निर्धारणको काम जिल्ला समन्वय समिति, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सरोकार वाला र समबन्धित सबैले सर्वापक्षित छलफल गरेर नै टुंगो लगाएकोले सोहि अनुसार अगाडी बढ्न सबैलाई आग्रह गरेको छ ।

Advertisement

कम्पनीले हाल निर्माण गरिरहेको आयोजनाहरूको निर्माणका कार्यहरू अन्तिम चरणमा रहेको र ६ महिना भित्र सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाबाट उत्पादन शुरु भई शेयरधनीहरूलाई प्रतिफल दिन सकिने अवस्थामा रहेको जनाएको छ ।

उल्लेखित १०% शेयर तत्काल निष्कासन गरी रकम संकलन गर्न नसकिएमा कम्पनीलाई वित्तीय समस्या पर्न गई आयोजनाका बाँकी कार्य सम्पन्न गर्न नसकिने अवस्था रहेको कम्पनीले उल्लेख गरेको हो।

Advertisement

कम्पनीले बिगतमा भएका सर्वपक्षीय सहमति कै आधारमा कायम भएको अनुपात उल्लेख गरी सम्बन्धित निकायबाट विवरण पत्र स्वीकृत गराई आव्हान-पत्र समेत प्रकाशित भईसकेको अवस्थामा प्रकाशित आव्हान-पत्र बमोजिम निष्कासन तथा बिक्री वितरण हुने शेयरमा सहभागी भई लाभान्वित हुन कम्पनीले सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गरेको छ।

 

प्रतिक्रिया