नुवाकोटमा एमालेलाई साख जोगाउन गाह्रो

विदुर खबर २०७९ भदौ ५ गते १०:४२

नुवाकोट । सरकारले संघीय संसद प्रदश सभाको निर्वाचनको मिति म)सिर ४ गतेको लागि घोषणा गरिसकेको छ ।

Advertisement

सरकारले निर्वाचनको मिति तय गरेपछि जिल्लामा आगामी निर्वाचनमा ठूला राजनीतिक दलहरूका को को उम्मेदवार होलान भनेर चर्चा परिचर्चा हुन थालेको छ । चुनावको मिति घोषणा भएसँगै जिल्लाका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। । ठूला दलका ठूला नेताहरूले पुन ुअन्तिम पटकु भन्दै उम्मेदवार बन्ने सुरसार देखिन थाले पछि पछिल्लो छिमलका नेताहरूको अनुहार अध्याँरो हुन थालिसकेको छ ।

सरकारले सत्तासिन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णयसँगै चुनावको मिति घोषणा भएको छ। चुनावी तालमेल भएको खण्डमा अहिले नवाकोटमा नेकपा एमालेलाई सबैभन्दा कठीन हुने पक्का भएको छ ।

Advertisement

२०७४ सालको निर्वाचनमा नेकपा माआवादी केन्द्रसँगको गठजोठले संघका दई र प्रदेशको चार निर्वाचन क्षेत्रका तीन एमालकार तीन माओवादीले जित्न सफल भएको थियो । तर उक्त निर्वाचनको गठबन्धनको दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेपछि एमालेलाई संघ र प्रदेशको निर्वाचन जित्न फलामको च्युरा सरह हुने आंकलन गर्न थालिएको छ ।

सत्तासिन दलहरूबीच चुनावी गठबन्धनले अन्तिम रूप लिएमा नुवाकोटमा हाबी हुने भनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नै हुन । संघ र प्रदेश गरी ६ निर्वाचन क्षेत्रमा कांग्रेस तीन र माओवादी तीन क्षेत्र विभाजन गरी चुनावी गठबन्धनमा मैदानमा आएपछि त्यसलाई पछि पारेर निर्वाचन जित्नको लागि एमालेलाई सकस हुने पक्का भएको छ ।

Advertisement

नेकपा एसको खासै उपस्थिती राम्रो नभएको नुवाकोटमा एसको केही मत पनि गठबन्धनको कारण एमाले इतरमै जाने भएकोले एमालेलाई आफ्नो साख जोगाउन हम्म पर्ने भएको छ। ३४ को निर्वाचनमा माओवादीसँगको चुनावी तालमेलको कारण राम्रो मतसहित संघको एक र प्रदेशको दुई क्षेत्र जित्न सफल एमालेलाई आगामी निर्वाचनमा एक्लै निर्वाचनको मैदानमा उत्रनु पर्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमालेको चुनावी तालमेल हुने अनुमानहरू बाहिर आइरहेको छ। तर, राप्रपाको फेरो समातेर पनि एमालेलाई चुनाव रूपी बैतरणी पार हुने संकेत देखिदैन ।

माओवादीले कांग्रेससँग तालमेल गर्ने भएकोले उसले पाएको सिट जोगाउन कठिन छैन । तर, अबको निर्वाचनमा एमाले एक्लै निर्वाचनको मैदानमा हुने भएकोले उसलाई भएको सिट समेत जागाउन कठिन पर्ने भएको हो । गत वगाख ३० गते सम्पन्न स्थानीय निवाचनबाट पनि नवाकाटमा एमाल कमजोर सावित भईसकेको छ।

पाँच वर्षमा संगठन सुधारमा खासे छलाङ मान नसकेको एमालेमा स्थानीय निर्वाचन सकिएको ६ महिनापछि हुने संघीय र प्रदेश निर्वाचनमा संगठन विस्तार र सदृढिकरणले उत्पातै बलियो बनाउँछ भन्ने आधारहरू भरपर्दो देखिदैन ।

स्थानीय तहको निर्वाचनलाई आधारमान्दा पनि एमाले स्थानीय तहको अघिल्लो निर्वाचनको तुलनामा कमजोर भएको छ। विदुर, बेलकोटगढी र तारकेश्वरमा प्रमुख उपप्रमुख पदमा सत्तारुढ दलहरूले गठबन्धन गरेकोले एमाले कमजोर भएको भनिए पनि अन्य पालिका र वडाहरूमा पनि एमालेले पहिले । पाएको सिट समेत गुमाउनुले एमालेविभाजित भएको कारण सांगठनिक रूपमा पनि एकप्रकारले भन्ने हो भने ध्वस्तै भएको प्रमाणित भएकोले यसलाई सुधार्न ६ महिना पर्याप्त हुँदैन ।

गत स्थानीय तहको निर्वाचनमा एमालेले विभाजनको असर रानै भोगेको छ। एमालेबाट विभाजित नेकपा एसले जिल्लामा एउटा निर्विरोध निर्वाचित वडासदस्य बाहेक अन्यत्र जित हासिल गर्न नसके पनि एमालेको उम्मेदवारलाई पराजित गराउन भने राम्रो भूमिका देखिएको हो । आगामी निर्वाचनमा पनि यही अवस्था रहने पक्का छ ।

स्थानीय तहको निर्वाचनमा चार पालिकामा माओवादीले गठबन्धन गरेको थियो। गठबन्धन नगरेको पालिकाहरूमा पनि राम्रो उपलब्धि हासिल गर्न सफल भएको कारण माओवादीको उपस्थिती जिल्लामा बलियो देखिएको हो । कांग्रेसले अवस्था खासै नखस्किए पनि एमालेको अवस्था खस्किएको छ भने माओवादीको अवस्था बलियो भएको छ ।

माओवादी र कांग्रेस दुई बलियो दल मिल्ने पक्का भई सकेको छ। यसै कमजोर एमाले, त्यसमाथि दुई बलिया दल मिलेपछि झनै कमजोर अवस्थामा पुगेको छ । त्यसमाथि स्थानीय तह निर्वाचनमा खुलेआम रूपमा आफ्नै पार्टीको उम्मेदवार हराउन लाग्ने नेता कार्यकर्ताको संख्या वृद्धि भएको कारण पनि एमालेलाई बाहिर बोक्रो, भित्र खोक्रोु बनाउँदै लगेको स्वयम एमाले के कार्यकर्ताहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया