नुवाकोटमा बिहे जात्रा मनाइयो
विदुर खबर
२०७९ भदौ ३ गते २०:११
नुवाकोट । नुवाकोटको सदरमुकाम विदुरमा शुक्रवार विहे जात्रा मनाइएको छ ।
कृष्ण जन्माष्टमीको दिन शुक्रबार त्रिशूली बजारबाट पन्चेबाजासहित विभिन्न भागभंगीसहित बेहुला लिन सदरमुकाम विदुरको लोकतान्त्रिक चोकमा आएका थिए ।
उक्त अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क साङपाङ राई, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख लगायतको व्यंग्यात्मक शैलीमा बेहुली लिन आएका थिए ।
बेहुली लिन आउने त्रिशूलीका जन्तीलाई विदुरवासीले भोज खुवाएर बेहुली अन्माएर पठाएका थिए । कोरोनाका कारण रोकिएको बिहे जात्रा बल्ल सुरु गरिएको संचारकर्मी एवं विदुरका स्थानीय सुनिल श्रेष्ठले बताए ।
एउटा परम्परालाई जीवन्त दिन र गाईजात्राको अवसरमा रमाइलो गर्न जात्रा गरिँदै आएको उनले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया