दार्चुलामा जीप दुर्घटना हुँदा ५ को मृत्यु ४ घाइते
विदुर खबर
२०७९ भदौ १ गते २०:२३

नुवाकोट । दार्चुलाको गोकुलेश्वरबाट दार्र्चुला सदरमुकाम खलंगा आउदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा पर्ने उल्लानीमा उक्त जीप दुर्घटना हुँदा ५ जनाको घट्ना स्थलमै मृत्यु भएको घट्नास्थलबाट स्थानीय पत्रकार गणेश सिंह धामीले जानकारी दिनभुयो ।
मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।
जीप दुर्घटनामा परी ४ जना पुरुष तथा १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । जीप दुर्घटनामा परी ४ जना घाइते भएको उहाँले जानकारी दिनुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया