पेट्रोलियम पदार्थको मूल्य घटाउन सक्दैनौं : आयल निगम

विदुर खबर २०७९ साउन ३१ गते १९:३४

नुवाकोट ।  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा हाललाई घटाउन नसक्ने आयल निगमले बताएको छ ।

Advertisement

एक विज्ञप्ति जारी गर्दै आयल निगमले समग्रतामा अझै पनि निगमलाई मासिक ६२ करोड ५८ लाख नोक्सानी रहेकाले मूल्य घटाउन नसकिएको जनाएको छ । निगमले हाल पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफा रहे पनि डिजलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको जनाएको छ ।

निगमका कार्यकारी निर्देशक उमेश थानीले भारतीय आयल कर्पोरेसनलाई हाल २३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेकाले पनि मूल्य घटाउन नसकिएको बताए ।

Advertisement

भारतबाट मंगलबार मात्रै निगमलाई प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ । यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।

त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन ।

Advertisement

 

 

प्रतिक्रिया