करेन्ट लागेर एकको मृत्यु

विदुर खबर २०७९ साउन ३० गते ८:५९

नुवाकोट । जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको लागि टाँगेको तारमा छोइँदा माझीको घटनास्थलमै मृत्यु भएको हो । प्राधिकरणले टाँगेको तार लत्रिएको हुँदा जंगलमा हिँड्दै गरेका माझी त्यसैमा अल्झिन पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति गरेपछि उनको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Advertisement

स्थानीले प्राधिकरणको गम्भीर लापरबाहीले घटना घटेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिक्रिया