महँगी रोक्न भन्दै नुवाकोटमा बजार अनुगमन

विदुर खबर २०७९ साउन २६ गते ११:१३

नुवाकोट । बढ्दो महँगी नियन्त्रणका लागि भन्दै जिल्लामा बजार अनुगमन गरिएको छ ।

Advertisement

बुधबार नुवाकोटको ढिकुरे, गंगटे, बट्टारबजारका एकदर्जन पसल तथा पानी उद्योगदेखि बोतलका पेय पदार्थदेखि पिउने पानी, खाद्यान्न सप्लायर्स, कस्मेटिक पसल, मोबाइल बिक्री केन्द्र, किराना पसलहरुको अनुगमन गरिएको हो ।

स्थानीय प्रशासनको अगुवाई गरिएको बजार अनुगमनअन्तर्गत राष्ट्रिय अभियानबाट उपभोक्ताहरु ठगिनबाट सचेत होउन्, खरिद गरेका वस्तुको उत्पादन मुल्य र सकिने मिति हेरेरमात्र लिन, म्याद गुज्रेका वस्तु उपभोक्तालाई नदिनसमेत बिक्रेतालाई सचेत गराइएको छ । बजार अनुगमनको क्रममा म्याद गुज्रिएका दुई बोरा पेयपदार्थ र विस्कुट बरामद गरिएको थियो ।

Advertisement

कतिपय बिक्रेतालाई आफ्नो व्यवसाय नवीकरण गराउनसमेत भनिएको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गएको टोलीले जनाएको छ ।

उनका अनुसार घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पत्रकार, नेपाल प्रहरी, उपभोक्त हित संरक्षण मञ्चका पदाधिकारीले बजार अनुगमन गरेका हुन् ।

Advertisement

केन्द्रीय सरकारले प्रत्येक महिनाको २५ गतेलाई बजार अनुगमनको रुपमा राष्ट्रिय अभियान थालेकोले जिल्लामा अनुगमन गरिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।

विक्रेतालाई एक पटकलाई सचेत र सजग गराएको सहायक प्रजिअ वेदप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया