नुवाकोट क्षेत्र नम्बर १ मा महत र तामाङको टक्कर
नुवाकोट । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति मंसिर ४ गते हुने घोषणा गरिसकेको छ ।
निर्वाचनको मिति घोषणासँगै कुन क्षेत्रका कुन पार्टीको को उम्मेदवार होला भन्ने चर्चा परिचर्चा हुन थालिसकेको छ । सत्तारुढ दलहरूबीच गठबन्धन संघीय र प्रदेश सभा निर्वाचनसम्म नै कायम हुने भनेर गतसाता सत्तारुढ दलका शीर्ष नेताहरूबीच भईसकेको छ ।
यसले गर्दा पनि जिल्लामा कुन दलका नेताले कुन क्षेत्रका उम्मेदवारी हुन पाउने हुन भनेर चासो व्यक्त हुन थालेको छ । नुवाकोटमा संघीय निर्वाचनको लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन । तर, उम्मेदवार बन्न लालायित नेता सत्तारुढ दलहरूमा धेरै रहेको कारण चासो बढेको हो ।
विषेश गरी नुवाकोट क्षेत्र नं १ का नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताबीच को उम्मेदवार बन्ने भन्ने रस्साकस्सी हुने भएको छ । नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले विहीबार काठमाडौंस्थित आफ्नै निवासबाट
क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन ।
पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका ुप्याराु भनेर चिनिने डा. महतलाई पार्टी निर्वाचनमा महामन्त्रीमा पराजित भए पनि प्रवक्ता बनाएर देउवाले अघि सारेका थिए ।
नुवाकोटको भुगोलमा राजनीतिक पृष्ठभूमि कमजोर भएका नेता डा.महतले गत निर्वाचनमा नुवाकोटबाट टिकट नपाएपछि काठमाडौंबाट निर्वाचनमा उम्मेदवार बने । तर, पराजित भए । यो पटक भने डा. प्रकाशशरणका दाजु डा.रामशरण उम्मेदवार नबन्ने प्रायस् निश्चित भएको कुरा आइरहेको बेला डा. प्रकाशशरणले टिकट पाउने पक्कापक्की भएको छ ।
तर, यही बेला नेपाली कांग्रेस र नेकपा माओवादीसँग चुनावी गठबन्धन हुने भएकोले डा। महतलाई टाउको दुखाई भएको छ माओवादी नेता हितबहादुर तामाङ । २०६४ र २०७० मा नेपाली कांग्रेसका डा. रामशरण महतसँग पराजित नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले २०७४ मा नेकपा एमालेसँगको गठबन्धनमा निर्वाचित हुन सफल भएका थिए ।
माओवादीभित्र प्रभावशाली नेता तामाङले उक्त क्षेत्र कुनै पनि हालतमा छाड्ने पक्षमा छैनन । स्थानीय निर्वाचनमा क्षेत्र नं. १ मा माओवादीको पकड रहेको प्रभाणित भईसकेकोले माओवादीले गठबन्धन गरेपनि कांग्रेसलाई यो क्षेत्र दिन तयार नहुने भएकोले प्रकाशशरणलाई सकस परेको हो ।
स्थानीय निर्वाचनमा एकल रूपमा निर्वाचन लडेर पनि माओवादीले क्षेत्र नं १ का सात वटा स्थानीय तहमा तीन वठामा अध्यक्ष उपाध्यक्ष र दुई वटामा उपाध्यक्षमा जित निकल्न सफल भएकोले पनि माओवादी यो क्षेत्र संघीय निर्वाचनको लागि छाड्न तयार छैन।
भूगोलमा राजनीतिक पहुँच विस्तारमा चासो नदिएको आरोप लाग्दै आएको प्रकाशशरणलाई जिल्लाको अर्को राजनीतिक परिवार केसी परिवारले पनि क्षेत्र नं १ को लागि ग्रीनसिग्नल दिएको कार्यकर्ताहरूले बताउन थालेका छन । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले साउन १५ मा गरेको खिर खाने कार्यक्रममा प्रवक्ता डा महत पुगेका थिए ।
नुवाकोट क्षेत्र नं १ महत पक्षलाई जिम्मा लगाएर क्षेत्र नं २ मा आफ्नो हालीमुहाली कायम राख्ने केसी पक्ष लागि परिरहेको जानकारहरू बताउँछन । शनिबार विदुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि आगामी निर्वाचनमा क्षेत्र नं २ बाट संघीय निर्वाचनमा उम्मेदवार बन्ने संकेत गरीसकेका छन ।
नेता केसीले उम्मेदवार बन्न सामदाम डण्डभेद सबै अपनाउने पक्का भएपछि प्रत्यक्ष निर्वाचनको मैदानमा आउने अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाको सपना यो पटक पनि सुरा हुन नसक्ने संकेत देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया